एक क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३१, बुधबार (१ हप्ता अघि)
  • ४७ पटक पढिएको
एक क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ

काठमाडौं, ३१ असार। आज बिहान चितवनबाट हेटौँडा आइरहेको योद्धा पिकअपमा १ सय ९ केजी गाँजा बरामद भएको छ । गाँजासहित २ जना पक्राउ परेका छन् ।

मकवानपुरको मनहरी–८ सिमपानीमा चेकजाँचक्रममा बा.प्र.०१(०२६ च ४८९३ नम्बरको योद्धा पिकअपमा १५ पोका गाँजा बरामद भएको हो ।

गाँजासहित चालक धादिङ, गजुरी–७ किरानचोकका ४१ वर्षीय सुमन तामाङ र १९ वर्षीय ईरोज तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस