कर्फ्युको प्रभाव न्यायालयमा पनि, सुनसरी जिल्ला अदालत बन्द

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १३, बुधबार (१ घण्टा अघि)
  • २७ पटक पढिएको
कर्फ्युको प्रभाव न्यायालयमा पनि, सुनसरी जिल्ला अदालत बन्द

विराटनगर , १३ साउन। जिल्ला अदालत सुनसरी बुधबार बन्द भएको छ । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि बुधबार सम्पूर्ण न्यायिक तथा प्रशासनिक कामकारबाही बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातिबाट अर्को आदेश नभएसम्मका लागि इनरुवा नगरपालिकाकासहित दश पालिकामा कर्फ्यु आदेश जारी गरेका थियो । सोही परिस्थितिलाई मध्यनजर गर्दै अदालतले आजसेवा स्थगित गर्ने निर्णय गरेको अदालत प्रशासनले जनाएकाे छ ।

अदालतद्वारा प्रकाशित सूचनामा सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी तथा न्याय सम्पादनमा संलग्न सबैको सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राखी यो निर्णय लिइएको उल्लेख गरिएको छ। अदालतले आजको दिनलाई शून्य समय मान्ने निर्णय गरेको छ । सूचना अनुसार, आज अदालतमा उपस्थित हुनुपर्ने, म्याद वा तारेख भएका व्यक्तिहरूको हकमा हदम्याद र तारेख गुज्रने छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस