कांग्रेसका गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (१ घण्टा अघि)
  • ४६ पटक पढिएको
कांग्रेसका गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं, २६ साउन। नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भेट भएको पुष्टि गरे । उनले बिहान साढे ९ बजे विशालनगरमा भेट भएको जानकारी दिँदै पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको बताए ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस