कांग्रेस संस्थापन इतरको भेला : प्रतिवेदन तयार गर्न वरिष्ठ नेताहरूलाई जिम्मेवारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २१, बिहिबार (१० घण्टा अघि)
  • ४४ पटक पढिएको
कांग्रेस संस्थापन इतरको भेला : प्रतिवेदन तयार गर्न वरिष्ठ नेताहरूलाई जिम्मेवारी

काठमाडौं, २१ साउन। नेपाली कांग्रेसको संस्थापन इतरले गर्ने राष्ट्रिय भेलामा प्रस्तुत गरिने प्रतिवेदनहरू लेखनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

२९ देखि ३१ साउनमा हुने भेलामा पेस गरिने राजनीतिक प्रतिवेदन लेख्न नेता विमलेन्द्र निधिलाई संयोजक तोकिएको छ ।

यसैगरी सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी उमाकान्त चौधरीले पाएका छन् भने समसामयिक विषयमा प्रतिवेदन लेख्ने जिम्मेवारी एनपी साउदले पाएका छन् ।

साथै कांग्रेसको आर्थिक नीति प्रतिवेदन लेख्ने जिम्मेवारी डा. प्रकाशशरण महतले पाएका छन् भने कानुन तथा विधान लेखनको जिम्मेवारी रमेश लेखकले पाएका छन् ।

राष्ट्रिय भेलाका लागि गठित प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार प्रतिवेदन लेखन कार्यदल ७ देखि ११ सदस्यीय गठन गरिएको छ ।

विश्वकर्माले भने, ‘प्रतिवेदन लेखनको जिम्मेवारी पाउनु भएका नेताहरूले धमाधम आफ्नो काम गरिरहनु भएको छ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस