काठमाडौंको न्यू फेमिली गर्ल्स होस्टलमा कारबाही, ३ लाख जरिवानासहित सिलबन्दी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३, बुधबार (२ हप्ता अघि)
  • ९२ पटक पढिएको
काठमाडौंको न्यू फेमिली गर्ल्स होस्टलमा कारबाही, ३ लाख जरिवानासहित सिलबन्दी

काठमाडौं, ०३ भदौ। काठमाडौंको बालकुमारीस्थित न्यू फेमिली गर्ल्स होस्टललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ । जरिबानापछि होस्टल सिलबन्दी समेत गरिएको छ ।

अनुगमनको क्रममा होस्टलको सरसफाइ तथा खद्य सामग्री अवस्थ रहेको पाइएपछि जरिबाना तिराइएको प्रहरीले जनाएको छ ।

होस्टलले खुवाउने खानामा किरा भेटिएको पाइएपछि उक्त होस्टलमा बस्ने छात्राले असन्तुष्ट जनाउँदा सञ्चालकले उनीमाथि दुर्व्यवहारका साथै धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाव कोटेश्वरको संयुकक्त टोलीले होस्टलको अनुगमन गरेको थियो ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस