कान्ती लोकपथमा ट्रक १०० मिटर तल खस्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ४, बिहिबार (२ हप्ता अघि)
  • ७५ पटक पढिएको
कान्ती लोकपथमा ट्रक १०० मिटर तल खस्यो

काठमाडौं, ०४ भदौ। कान्ती लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको गढी गाउँपालिका-१ लेनडाँडामा घुम्तिमा मालबाहक ट्रक दुर्घटनामा परेको छ ।

रौतहटको चन्द्रपुरबाट तराई मधेश दुर्तमार्ग अन्तर्गत महादेवटारका लागि ह्युमपाइप बोकेर आउँदै गरेको ना १ क ८५३६ नम्बरको ट्रक ब्रेकफेल भई सडकबाट १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक रौतहटको चन्द्रपुर नगरपालिका-६ का ३६ वर्षीय धनबहादुर बिकले भने हामफालेर ज्यान बचाएका छन् । उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्रक भने दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस