कालापानीबारे बालेनको धारणा माग्दै संसद्मा एमाले

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३०, मंगलबार (१ घण्टा अघि)
  • ३४ पटक पढिएको
कालापानीबारे बालेनको धारणा माग्दै संसद्मा एमाले

काठमाडौं, ३० असार। प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्ड हटाउन माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवातमै सभामुख डीपी अर्यालले उपलब्ध गराएको समयमा बोल्दै एमाले सांसद गणेश ठगुन्नाले पार्टीबाट तर्फबाट प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् ।

‘म नेकपा एमालेको तर्फबाट प्रधनमन्त्रीज्यूको देशहित विपरीतको उक्त अभिव्यक्ति फिर्ता लिँदै संसद्को रेकर्डबाट हटाउन माग गर्दछु’, उनले भने, ‘साथै सो नहुञ्जेलसम्म नेकपा एमालेको विरोध कायमै रहने जानकारी पनि गराउँदछु ।’

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेनले संसद्मा आएर आफूले दिएको अभिव्यक्तिप्रति माफी माग्नु पर्ने माग राख्दा पनि सुनुवाइ नहुनु दुःखद् भएको सांसद ठगुन्नाले बताए ।

‘यति लामो समयसम्म प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीज्यूले सदनमा आएर आफ्नो अभिव्यक्तिलाई फिर्ता लिइ देशबासी समक्ष माफी माग्ने र संसद्को रेकर्डबाट उक्त अभिव्यक्ति हटाउने माग लिइ विरोध गर्दा पनि सम्बोधन नहुुनु अत्यन्त दुःखद् कुरा हो,’ उनले भने ।

प्रधानमन्त्री बालेनले संसद्मा दिएको अभिव्यक्तिले नेपालको मिचिएको भूमि फिर्ता लिने प्रयासमा गम्भीर धक्का पुगेको पनि सांसद ठगुन्नाले दाबी गरे ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूबाट भारतलेमात्रै होइन, नेपालले पनि कतिपय ठाउँमा सीमा मिचेको रहेछ भन्ने मन्तव्य, त्यो पनि सार्वभौम संसद्को रोस्टमबाट व्यक्त हुँदा नेपाली राष्ट्रिय स्वाभिमान, हाम्रो मिचिएको भूमि फिर्ता लिने प्रयासमा गम्भीर धक्का लागेको छ,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस