
कैलाली, २१ भदौ। कैलालीमा सशस्त्र प्रहरीले चरेससहित कटुवा पेस्तोल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईंयाफाँटाको टोलीले कैलारी गाउँपालिका–७ को पुरानो भुईयाफाँटा तीनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र एक किलो ५० ग्राम चरेस बरामद गरिएको जनाएको छ ।
