कैलालीमा छातीमा गोली लागेको अवस्थामा पुरुष मृत फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३, बुधबार (२ हप्ता अघि)
  • ७३ पटक पढिएको
कैलालीमा छातीमा गोली लागेको अवस्थामा पुरुष मृत फेला

धनगढी, ०३ भदौ। कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा रहेका छन् ।

प्रहरीकाअनुसार उनी मंगलबार साँझ साढे ८ बजेतिर स्थानीय लालीगुराँस सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् । उनी मृत भेटिएको स्थानमा भरुवा बन्दुक पनि फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सडकपुर बौनियाकाअनुसार उनको देब्रे हातको छातीतर्फको भागमा गोली लागेको जस्तो देखिने घाउ रहेको पाइएको छ ।

प्रहरीले घटनास्थलमा भेटिएको भरुवा बन्दुक बरामद गरी घटनाबारे थप अनुसन्धान गरिहेको छ ।

वडाध्यक्ष मनऋषि आचार्यकाअनुसार उनी सिकार खेल्न जंगल गएको बुझिएको छ । विश्वकर्मा एक्लै थिए वा साथमा अन्य व्यक्ति पनि गएका थिए ? भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।

मृतक विश्वकर्माको शव परीक्षणका लागि बौनियाकै दोदोधारा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस