कोर एरियाको पार्किङ समस्या समाधान गर्न महानगरको पहल, नेवानीको भवन माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २८, आईतबार (१ घण्टा अघि)
  • ३० पटक पढिएको
कोर एरियाको पार्किङ समस्या समाधान गर्न महानगरको पहल, नेवानीको भवन माग

काठमाडौं, २८ भदौ। काठमाडौं महानगरपालिकाले मल्टोस्टोरी पार्किङका लागि नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको छ ।

महानगर प्रहरी बलको ३४ औँ स्थापना दिवसका अवसरमा कार्यवाहक मेयर सुनिता डंगोलले काठमाडौंको कोर एरियाको पार्किङ समस्या समाधान गर्न मल्टीस्टोरी पार्किङको व्यवस्था गर्न लागिएको जानकारी दिइन् ।

डंगोलले भनिन्- हामीले संघीय सरकारसँग विशेष अनुरोध गरेका छौँ कि न्युरोडमा रहेको एनएसी बिल्डिङलाई मल्टीस्टोरी पार्किङ बनाउन महानगरलाई इजजात दिन आग्रह गरेका छौँ । यो भएपछि कोर एरियामा रहेको पार्किङ समस्या समाधान हुनेछ । हामी विश्वास गर्छौँ, त्यो कार्य अघि बढाउन तत्पर छौँ ।

कार्यवाहक मेयर डंगोलले काठमाडौंभरीका पार्किङ समस्या समाधान र व्यवस्थापनमा अध्ययन भइरहेको बताइन् । विज्ञहरूको टोलीले दिएको सुझावका आधारमा समाधानको बाटोमा जाने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस