लागुऔषध कारोबारविरुद्ध कैलाली प्रहरीको एक्सन, ८ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
लागुऔषध कारोबारविरुद्ध कैलाली प्रहरीको एक्सन, ८ जना पक्राउ

कैलाली,१२ कात्तिक।  कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो ।

भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् ।

उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, भजनी नगरपालिका–५ पगियापसारबाट १ ग्राम ११० मिलिग्राम लागुऔषधसहित २१ वर्षीय दीपक बुढा र १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।

उनीहरूलाई बुधबार साँझ मोटरसाइकलमा सवार रहेका बेला चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट ४४० मिलिग्राम ब्राउनसुगरसहित थप चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–१ का २९ वर्षीय नराज चौधरी, २१ वर्षीय अनुप चौधरी, १८ वर्षीय किशोर र जोशीपुर–३ का २२ वर्षीय प्रेम चौधरी रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस