कोशीमा मन्त्री छनोट अन्तिम चरणमा, आजै शपथको तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (१ हप्ता अघि)
  • ५२ पटक पढिएको
कोशीमा मन्त्री छनोट अन्तिम चरणमा, आजै शपथको तयारी

काठमाडौं, ०१ भदौ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिपछि आज नेकपा प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको हो ।

९ मन्त्रालय रहेको प्रदेशमा नेकपाबाट ४ जना मन्त्री सहभागी हुनेछन् । मुख्यमन्त्रीसहित ५ मन्त्रालयको नेतृत्व एमालेले गर्नेछ।

नेकपाभित्र आकांक्षी धेरै भएका कारण मन्त्री छान्नका लागि नेकपाका नेताहरू छलफलमा छन् । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार दलले आजै सरकारमा पठाउने मन्त्री छान्नेछ ।

नेकपाले मन्त्री छानेपछि  आज दिउँसो ३ बजेपछि शपथ कार्यक्रमको तयारी गरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस