कोशी प्रदेश रास्वपा सभापतिका लागि ७ प्रतिस्पर्धी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
कोशी प्रदेश रास्वपा सभापतिका लागि ७ प्रतिस्पर्धी

काठमाडौं, २७ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापति पदका लागि सात जनाको उम्मेदवारी परेको छ ।

बुधबार बिहानदेखि विराटनगरमा सुरु भएको पहिलो अधिवेशनमा सात जनाले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेको उम्मेदवारी परेको छ ।

सदस्यमा ७१ जनाले उम्मेदवार दिएको निर्वाचन समितिले जानकारी गराएको छ । कोशी प्रदेश समिति ६१ सदस्यीय हुने रास्वपाको पार्टी विधानमा व्यवस्था छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस