खानीखोला जिप दुर्घटना : कुहिरोले हेलिकप्टरबाट घाइतेको उद्धारमा समस्या

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (२ घण्टा अघि)
  • ४३ पटक पढिएको
खानीखोला जिप दुर्घटना : कुहिरोले हेलिकप्टरबाट घाइतेको उद्धारमा समस्या

काठमाडौं, ०१ भदौ। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउथलीमा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकाहरूको उद्धारमा समस्या भएको छ । घाइतेको उद्धारका लागि हेलिकप्टर व्यवस्थापन भए पनि दुर्घटनास्थलमा बाक्लो कुहिरो लागेका कारण उद्धारमा समस्या भएको हो ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार दुर्घटनामा परेकाहरूको उद्धारका लागि हेलिकप्टरको व्यवस्थापन भए पनि बाक्लो कुहिरोका कारण ल्यान्ड हुन नसक्नेपछि उद्धारमा समस्या भएको हो ।

घटनास्थलमा बाक्लो कुहिरो लागेका कारण बेथानचोक-५ स्थित कामीडाँडाबाट हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार गर्ने प्रयास भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । उनले भने, ‘हेलिकप्टर रेडी छ, सम्भावना भयो भने कामीडाँडाबाट उद्धार गर्ने प्रयास भइरहेको छ । अहिले नेपाली सेनाले त्यस क्षेत्रको सम्भाव्यता अध्ययन गरिरहेको छ ।’

सोमबार विहान खानीखोला गाउँपालिका -स्याउरथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भएका थिए । मृत्युहुनेहरूमा खानीखोला-४ का कलकबहादुर माझी र खानीखोला-२ की पातलीमाया मोक्तान रहेका छन् । गम्भीर घाइतेहरूको पहिचान हुन बाँकी छ ।

ब्रेक फेल भएर जिप दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस