गणतन्त्र दिवस कार्यक्रममा सैनिक जवान बेहोस भएर ढले, अवस्था सामान्य

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (१ हप्ता अघि)
  • ५६ पटक पढिएको
गणतन्त्र दिवस कार्यक्रममा सैनिक जवान बेहोस भएर ढले, अवस्था सामान्य

काठमाडौ, १५ जेठ। सैनिकमञ्च टुँडीखेलमा गणतन्त्र दिवस २०८३ मूल समारोह जारी रहेका बेला एक जना सैनिक जवान लडेका छन् ।

ड्युटीमा खटिएका बेला भुइँमा लमतन्न परेका उनलाई अन्यले उठाएका थिए । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो । उनी सहयोगीहरुको सहरामा हिँडेरै उपचारस्थलमा पुगेका थिए ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ती सैनिक एकैठाउँमा उँभिरहँदा ‘खुट्टा जाम’ भएर लडेको बताए । ‘कहिलेकाहिँ शरीरमा पानीको मात्रा कम भएर हुन्छ, कहिले खुट्टा जाम भएर त्यस्तो हुन्छ,’ प्रवक्ता बस्नेतले भने, ‘उनको खुट्टा जाम भएको थियो । उनी होसमै थिए । हिँडेरै गएको पनि देख्नुभयो होला ।’

उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता बस्नेतले जानकारी दिए । ती सैनिक जवानको परिचय भने खुलेको छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस