गरिमाको न्यायका लागि काठमाडौंमा प्रदर्शन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ४, बिहिबार (५ घण्टा अघि)
  • २९ पटक पढिएको
गरिमाको न्यायका लागि काठमाडौंमा प्रदर्शन

काठमाडौं, ०४ भदौ। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ ।

‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरेर विद्यालय बन्द समेत भएको छ ।

सिमरामा अहिले पनि प्रदर्शन चलिरहेको छ ।

प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै बुधबारदेखिको आन्दोलनलाई आज पनि जारी राखेका हुन् ।

आन्दोलित स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिका भित्रका ग्रामीण सडकहरूमा समेत टायर बालेर प्रदर्शन गरिरहेका छन् । यसअघि बुधबार दिउँसोबाट बन्द रहेको वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात चल्न सकेको छैन ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस