गृह मन्त्रालय एक्सनमा एन प्याब्सन, संगठन निलम्बनमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १४, शुक्रबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
गृह मन्त्रालय एक्सनमा एन प्याब्सन, संगठन निलम्बनमा

काठमाडौं ,१३ कात्तिक।  गृह मन्त्रालयले निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई निलम्बन गरेको छ ।

मन्त्रालयले आज सूचनामार्फत् अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको जानकारी दिएको हो ।

एन–प्याब्सनमाथि मन्त्रालयले दिएका निर्देशनको पालना नगरेको, संगठनका पदाधिकारीले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीत कार्य गरेकोलगायत आरोप छ ।

निलम्बनको सूचना जारी भएपछि संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी हुने र कारबाही समेत गरिने चेतावनी गृह मन्त्रालयले दिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस