भ्रष्टाचार मुद्दामा माधव नेपाललाई राहत, वारेस राख्न अनुमति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १४, शुक्रबार (१ घण्टा अघि)
  • ३३ पटक पढिएको
भ्रष्टाचार मुद्दामा माधव नेपाललाई राहत, वारेस राख्न अनुमति

काठमाडौं ,१३ कात्तिक।  विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालको निवेदनमाथिको सुनुवाइपछि वारेसको अनुमति दिएको हो ।

पूर्वप्रधानमन्त्री नेपालमाथि पतञ्जली योगपीठको हदम्यादभन्दा बढीको जग्गा सट्टापट्टाको अनुमति दिँदा भ्रष्टाचार गरेको आरोप छ ।

डेढ वर्षदेखि त्यो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस