चितवनमा खोलानजिकै एक व्यक्ति मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
चितवनमा खोलानजिकै एक व्यक्ति मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

काठमाडौं, २६ साउन। पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शव फेला परेको छ ।

मंगलबार बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवका आनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।

परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस