चितवनमा रास्वपा महाधिवेशन सुरु, नीति र नेतृत्वबारे निर्णय हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (१ घण्टा अघि)
  • ३४ पटक पढिएको
चितवनमा रास्वपा महाधिवेशन सुरु, नीति र नेतृत्वबारे निर्णय हुने

काठमाडौं, ०७ असार। नीति र नेतृत्व चयन गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ ।

तीन दिनको कार्यतालिका तय गरिएको महाधिवेशनमा राजनीतिक, सांगठानिक, विधान लगायत प्रतिवेदन प्रस्तुत हुँदैछ । यसपछि महाधिवेशन नेतृत्व चयन गर्ने कार्यसूचीमा प्रवेश गर्नेछ ।

यो महाधिवेशनले रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने पक्का छ । शीर्ष नेताहरू महत्वपूर्ण राजकीय भूमिकामा रहेकाले रविलाई निर्विरोध सभापति घोषणा गरिनेमा कुनै शंका छैन ।

उपसभापति डा. स्वर्णिम वाग्ले सरकारमा अर्थमन्त्री छन् । उनलाई पनि एक उपसभापतिमा निर्विरोध गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहलाई बरिष्ठ नेताको स्थान पक्का गरिएको छ । यो पदलाई निर्वाचन प्रक्रियामै सामेल नगराउने तयारी भइरहेको छ ।

बाँकी पदहरूमा प्रतिस्पर्धा हुने देखिन्छ । रास्वपाको संशोधित विधान बमोजिम एक महिलासहित तीन उपसभापति रहनेछन्। अर्थमन्त्री वाग्लेको स्थान सुरक्षित गरिँदा अर्का एक खुला उपसभापतिमा प्रतिस्पर्धा हुनेछ ।

यो पदमा तीन जना त मन्त्रीहरू नै आकांक्षी छन् । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार मन्त्री सुनिल लम्साल र परराष्ट्रमन्त्री शिशिर खनालले आकांक्षा राखेका छन् । स्रोतका अनुसार उपसभापतिकै चाहनामा प्रधानमन्त्रीका सल्लाहकार असिम साह पनि छन् ।

योभन्दा चर्को प्रतिस्पर्धा महिला उपसभापति पदमा देखिन्छ । पार्टीका सिनियर नेताहरुले यही पद ताकेका छन् । सहमहामन्त्री प्रतिभा रावल र कोषाध्यक्ष लीमा अधिकारीले बढुवा भएर उपसभापति बन्ने चाहना राखेका छन् ।

कानुनमन्त्री रहेकी सोविता गौतमले पनि उपसभापति बन्ने आकांक्षा राखेकी छन् । उनी रास्वपाका संस्थापक केन्द्रीय सदस्य हुन् ।

यो पदका निम्ति समीक्षा बाँस्कोटाले पनि आकांक्षा राखेकी छन् । विवेकशील साझा पार्टीको अध्यक्ष भइसकेकी बाँस्कोटाले उपसभापति पदलाई स्वभाविक मानेकी छन् ।

यद्यपि आकांक्षीहरूबीच सहमति जुटाएर निर्विरोध गराउने प्रयत्न रास्वपाभित्र भइरहेको स्रोत बताउँछ ।

ताजा अपडेट

खोजी गर्नुहोस