चितवनमा शिक्षकको कुटाइबाट विद्यार्थी पीडित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २, शनिबार (४७ मिनेट अघि)
  • ३६ पटक पढिएको
चितवनमा शिक्षकको कुटाइबाट विद्यार्थी पीडित

काठमाडौं, ०२ जेठ। चितवनको माडी नगरपालिका-५ बसन्तपुरस्थित पिसल्याण्ड इङ्लिस स्कुलमा एक १४ वर्षीय एक विद्याथीलाई शिक्षकले निलडाम हुने गरी कुटपिट गरेको घटना बाहिरिएको छ ।

विद्यालयमा कक्षा ८ मा अध्ययनरत दीपसन लम्साललाई विज्ञान विषयका शिक्षक विश्व अवतार घलेले पाइपले निलडाम हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका बालकको बघौडा अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ ।

पीडित परिवारका अनुसार शुक्रबार अन्तिम पिरियड सुरु हुनुअघि दीपसन आफ्ना दुई साथीहरूसँग पिसाब फेर्न कक्षाबाहिर निस्केका थिए । उनीहरू कक्षाकोठामा फर्कंदा शिक्षक घले आइसकेका थिए  । आफू आउँदा विद्यार्थी बाहिर रहेको भनेर उनले कुटपिट गरेको पीडित परिवारको भनाइ छ । घलेले तीनै जना विद्यार्थीलाई कुटेका थिए ।

पीडितकी आमा पद्माकुमारी लम्सालका अनुसार छोराको शरीरमा नीलडाम र चोट देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराउँदा वेवास्ता गरिएको गुनासो गरिन् । परिवारले इलाका प्रहरी कार्यालय माडीमा उजुरी दर्ता गराएको हो ।

इलाका प्रहरी कार्यालय माडीका वरिष्ठ प्रहरी नायब निरीक्षक नारायण जोशीले घटनाबारे उजुरी प्राप्त भएको र दुवै पक्षलाई बोलाएर आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिए । उनले आज दिउँसो छलफल गरे पछि के गर्ने भन्ने निर्णय लिइने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस