चिनियाँ नागरिक पक्राउ, अनुसन्धान जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ४, सोमबार (१९ घण्टा अघि)
  • ३३ पटक पढिएको
चिनियाँ नागरिक पक्राउ, अनुसन्धान जारी

काठमाडौं, ०४ जेठ। भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ४७ औँ वाहिनीले रक्सौल–वीरगञ्ज मैत्री पुल क्षेत्रमा अवैध रूपमा भारत प्रवेश गरिरहेका एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

नियमित जाँच अभियानका क्रममा शुक्रवार पक्राउ परेका ती विदेशी नागरिक बिना वैध भारतीय भिसा बिहार प्रवेश गर्न खोजिरहेको अवस्थामा फेला परेको भारतीय सुरक्षा निकायले सुरक्षा निकायले जनाएको छ । प्रारम्भिक सोधपुछमा उनले आफू खेलौना व्यवसायसँग सम्बन्धित व्यापारी भएको बताएका थिए । उनीसँगबाट लडाकु विमान, स्पाइडर म्यान मुखौटालगायत अन्य आपत्तिजनक शैलीका खेलौनाको खेप समेत बरामद भएको बताइएको छ ।

जानकारी अनुसार उक्त चिनियाँ नागरिक ११ मे २०२६ मा काठमाडौं हुँदै व्यापारिक प्रयोजनका लागि चितवन पुगेका थिए । त्यसपछि वीरगञ्ज हुँदै रक्सौल नाका प्रयोग गरी भारत प्रवेश गर्ने क्रममा उनी पक्राउ परेका हुन् । सुरक्षा स्रोतका अनुसार एसएसबीको ड्युटी परिवर्तन भइरहेको समयमा उनी सीमाक्षेत्रमा प्रवेश गरेका थिए । मैत्री पुल पार गरी भारतीय कस्टम क्षेत्रबाट रक्सौल सहरतर्फ जाँदै गर्दा उनलाई टाँगाबाट नियन्त्रणमा लिइएको बताइएको छ । उनी केवल चिनियाँ भाषामा मात्र बोल्ने भएकाले सोधपुछमा कठिनाइ भएकाले शंका भएपछि नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

पक्राउ पर्ने व्यक्तिको पहिचान ५७ वर्षीय याओ शुझाङ का रूपमा भएको छ । उनका पिता या सो ची रहेको बताइएको छ । उनीसँगबाट चिनियाँ राहदानी नम्बर इजे ०१३८४०८ बरामद गरिएको छ । तर, भारत प्रवेशका लागि आवश्यक वैध भिसा दस्तावेज भने फेला नपरेको सुरक्षा निकायले जनाएको छ । सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायहरूले चिनियाँ नागरिकको भारत प्रवेशको वास्तविक उद्देश्य, सम्भावित सम्पर्क तथा गतिविधिबारे गम्भीर अनुसन्धान सुरु गरेका छन् । आवश्यक सोधपुछपछि कानुनी कारबाहीका लागि उनलाई सम्बन्धित प्रहरी कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ

ताजा अपडेट

खोजी गर्नुहोस