चीनले अमेरिकाको इरानी तेलसम्बन्धी प्रतिबन्ध अस्वीकार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २०, आईतबार (३ घण्टा अघि)
  • ६५ पटक पढिएको
चीनले अमेरिकाको इरानी तेलसम्बन्धी प्रतिबन्ध अस्वीकार

 काठमाडौं, २० वैशाख। इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने घोषणा गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरेको हो ।

वक्तव्यमा भनिएको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई रोक लगाउँछन् । यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लंघन गर्दछ ।’

मन्त्रालयले अमेरिकाको प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट पार्दै चिनियाँ कम्पनी तथा संस्थाहरूलाई ती प्रतिबन्ध लागू नगर्न निर्देशन दिएको छ ।

वक्तव्यमा थप भनिएको छ, ‘चिनियाँ सरकारले सधैं संयुक्त राष्ट्रसंघको स्वीकृतिविना र अन्तर्राष्ट्रिय कानुनमा आधारित नभएका एकतर्फी प्रतिबन्धहरूको विरोध गर्दै आएको छ ।’

अमेरिकाले एक दिनअघि मात्र अर्को एक चिनियाँ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको थियो । अमेरिकाका अनुसार उक्त कम्पनीले ‘लाखौं ब्यारेल’ इरानी कच्चा तेल आयात गरेको र इरानलाई अर्बौं डलर आम्दानी जुटाउन सहयोग गरेको छ ।

तर चीनको वाणिज्य मन्त्रालयले आफ्नो वक्तव्यमा उक्त कम्पनीको नाम खुलाएको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिनामा चीन भ्रमणमा जाने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बेला अमेरिकाले यी प्रतिबन्धहरू घोषणा गरेको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस