जापान पठाउने भन्दै ११५ जनाबाट करोडौँ रकम असुली

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
जापान पठाउने भन्दै ११५ जनाबाट करोडौँ रकम असुली

काठमाडौं, २६ साउन। जापान पठाउने भन्दै करिब ११५ जनाबाट करिब ३ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ का २९ वर्षीय प्रतीक बुढाथोकी छन् । उनलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । बुढाथोकीले जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गरेको आरोप छ । यो कसुरमा उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनी गेट्बाई इन्टरनेशनल प्रालिका सीईओ रहेको प्रहरीले बताएको छ । उनीविरुद्ध वैदेशिक ठगीको कसुरमा अनुसन्धान अघि बढेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस