जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि एकीकृत प्याकेज लागू गरिने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ४, सोमबार (१९ घण्टा अघि)
  • ३७ पटक पढिएको
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि एकीकृत प्याकेज लागू गरिने

काठमाडौँ , ०४ साउन।  जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने/गराउने निर्णय भएको छ ।

सरकारका सचिवहरूको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले गत असार १८ गते एकीकृत प्याकेजको व्यवस्था गर्ने निर्णय स्वीकृत गरेको थियो ।

उक्त निर्णयलाई शीघ्र कार्यान्वयन गर्ने गराउने निर्णय भएको हो ।

‘जेन–जी आन्दोलनका शहीद परिवार र घाईतेहरूका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८३।३।१८ मा स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने गराउने,’ निर्णयमा भनिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस