जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री सुधन गुरुङ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २४, बुधबार (१ दिन अघि)
  • ३८ पटक पढिएको
जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री सुधन गुरुङ

काठमाडौं, २४ भदौ। गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी समृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् ।

जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको औपचारिक रूपमा उद्घाटन गर्न उनी केहीबेर अघि सातदोबाटो पुगेका थिए ।

निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उनी पार्क उद्घाटन नगरी फर्किएका हुन् ।

पार्क उद्घाटनमा सहभागी हुन पुगेका शहीदका आफन्तहरूले सालिकसँग शहीदहरूको अनुहार नमिलेको भन्दै असन्तुष्टि पोखेका थिए ।

उनीहरूले भनेका छन्, ‘निर्माण गरिएका सालिकसँग आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल खाँदैन । शालिक बनाउन लापरबाही गरिएको छ ।’

उद्घाटन गर्न लागिएको जेनजी पार्कमा गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको शालिक निर्माण गरिएको छ ।

पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस