झलनाथ खनालको दाबी : चुनावअघि कम्युनिस्ट एकता भएको भए सय सिट जितिन्थ्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (८ घण्टा अघि)
  • ४२ पटक पढिएको
झलनाथ खनालको दाबी : चुनावअघि कम्युनिस्ट एकता भएको भए सय सिट जितिन्थ्यो

काठमाडौं, १४ असार। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

एमाले र नेकपाले चुनावअघि नै कार्यगत एकता गरेको भए करिब १ सय सिट आउने उनको दाबी छ ।

उनले रास्वपा नेतृत्वको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन शाहलाई ‘तानाशाही’ रहेको आरोप पनि सम्बोधनको क्रममा लगाए ।

‘…करिब १ सय सिट वामपन्थीको हुन्थ्यो । आज यो बालेन तानाशाही चल्ने थिएन । देशको परिस्थिति बेग्लै हुन्थ्यो । हामी इतिहास र जनताले माग गरेका कुरा अनुरुप अघि बढन सक्यौंं कि सकेनौं ? यो आत्मसमीक्षा गर्ने घडी पनि हो,’ खनालले भने ।

उनले चुनावअघि नै एमाले र नेकपाको कार्यगत एकता भएको खण्डमा आउने चुनावी परिमाणमको आकलन पनि सम्बोधनको क्रममा सुनाए ।

यस्तो छ झलनाको आकलन–

भर्खरै भएको चुनावमा नेपालको वामपन्थी आन्दोलनले जुन सर्मनाक पराजय भोग्नुपर्‍यो, यदी यिनै दुईवटा दलमात्रै निर्वाचनभन्दा अगाडि हामीहरू कार्यगत एकता गरेको भए, तथ्यांक एकपटक सम्झना गरौं त नेपाली कम्युनिस्ट पार्टीले १७, नेकपा एमालेले २५ दुईवटा जोड्दा ४२ सिट । यो दुईवटा जुध्दा हामीले ३२ सिट हामीले हरायौं । त्यो ३२ पनि हाम्रै हुन्थ्यो । त्यो दुईवटा जोड्दा ७४ हुन्थ्यो । दुईवटाबीच एकता भएको भए त्यो मल्टिप्लाई हुन्थ्यो । करिब १ सय सिट वामपन्थीको हुन्थ्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस