ट्युनिसियाविरुद्ध जापान २ ले अगाडि

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
ट्युनिसियाविरुद्ध जापान २ ले अगाडि

काठमाडौं, ०७ असार। फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ ।

उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको खेलमा जापानले आधा घण्टामै दुई गोल गरेको हो ।

खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । विश्वकपमा जापानको यो सबैभन्दा छिटो गोल हो ।

यस्तै आएसे उएदाले ३१औं मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारे ।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको २३औं संस्करणमा आएर १०००‍औं खेल भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस