तीन ह्याट्रिकसहित मेसी सर्वाधिक गोलकर्ताको एकल अग्रस्थानमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (१० घण्टा अघि)
  • ३५ पटक पढिएको
तीन ह्याट्रिकसहित मेसी सर्वाधिक गोलकर्ताको एकल अग्रस्थानमा

काठमाडौं, १४ असार। फिफा विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक गरे ।

उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको विश्वकपमा सोमबार बिहान समूह चरणका सबै खेलहरु सकिएका छन् ।

समूह चरणमा मेसीहसति क्यानडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले ह्याट्रिक गरे ।

मेसीले समूह जे को पहिलो खेलमै अल्जेरिया विरुद्ध ह्याट्रिक गरेका थिए । उनले त्यही खेलमा विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए ।

त्यसपछि अस्ट्रिया विरुद्ध मेसीले दुई गोल गरे । यो दुई गोल पछि उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने । जोर्डन विरुद्ध तेस्रो खेलमा मेसीले बेन्चबाट आएर दोस्रो हाफमा गोल गरे । यस विश्वकपमा ६ गोलसहित मेसी सर्वाधिक गोल गर्नेमा एकल रुपमा अघि छन् र गोल्डेन बुटको दाबेदारको रुपमा छन् । मेसीले अहिलेसम्म दुई पटक उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल अवार्ड जितेपनि गोल्डेन बुट भने जित्न सकेका छैनन् ।

यस्तै जोर्डन विरुद्ध गोल गर्दै मेसीले विश्वकपमा गोल संख्या १९ पुर्‍याए भने अर्को कीर्तिमान पनि थपे । उनी विश्वकपमा लगातार ७ खेलमा गोल गर्ने पहिलो खेलाडी बने । सन् २०२२ मा अन्तिम चार खेलमा लगातार गोल गरेका उनले यस विश्वकपमा समूहको तीनवटै खेलमा गोल गरेका हुन् ।

यस्तै समूह चरणमा क्यानाडाका डेभिडले कतार विरुद्ध र फ्रान्स डेम्बेलेले नर्वे विरुद्ध ह्याट्रिक गरे ।

सर्वाधिक गोलकर्तामा मेसीलाई पछ्याउनेमा फ्रान्सका कप्तान किलियन एमबाप्पे र डेम्बेलेसँगै ब्राजिलका भिनिसियस जुनियर, नर्वेका एर्लिङ हालान्ड छन् । चारै खेलाडीले समान ४ गोल गरेका छन् । हालान्डले सुरुवाती दुई खेलमा २-२ गोल गरेपनि फ्रान्स विरुद्ध समूहको अन्तिम खेल खेलेनन् ।

यस्तै एमबाप्पेले पनि सुरुवाती दुई खेलमा गोल गर्ने नर्वे विरुद्ध गोल गर्न सकेनन् । यसै खेलमा डेम्बेलेले ह्याट्रिक गरे । एमबाप्पेले दुई असिस्ट पनि गरेकोले उनलाई गोल्डेन बुटको रेसमा फाइदा छ । सन् २०२२ मा कतारमा भएको विश्वकपमा एमबाप्पेले फाइनलमा ह्या६्रिकसहित सर्वाधिक ८ गोल गरेर गोल्डेन बुट अवार्ड जितेका थिए ।

ब्राजिलका भिनिसियस जुनियरले भने समूहको तीनवटै खेलमा गोल गरे । उनी समूहको तीवटै खेलमा गोल गर्ने पाँचौ ब्राजिलियन खेलाडी बने । साथै उनी तीनै खेलमा प्लेअर अफ दि म्याच घोषित भएका थिए ।

यी पाँच बाहेक जर्मनीका डेनिस उन्डाभले ३ गोल गरेका छन् । सुपर सबको रुपमा मैदान प्रवेश गर्दै उनले दुई खेलमा गोल गरेका थिए साथै दुई असिस्ट पनि गरेका छन् । यस विश्वकपमा स्वीडेनका अलेजान्डर इसाकले सर्वाधिक ३ असिस्ट गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस