तेह्रथुममा महिलाको हत्या, मोरङमा करेन्ट लागेर मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ७, बिहिबार (१ दिन अघि)
  • ३२ पटक पढिएको
तेह्रथुममा महिलाको हत्या, मोरङमा करेन्ट लागेर मृत्यु

काठमाडौँ , ०७ साउन। तेह्रथुमको आठराई नगरपालिका ६ सिमखर्कमा एक महिलाको हत्या भएको छ । स्थानीय ५१ वर्षीया रूपा लिम्बूको गएराति हत्या भएको हो ।

गए राति ११ बजे सोही स्थानका ३८ वर्षीय कृष्ण बहादुर लिम्बूले रूपालाई घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

खुकुरी प्रहारको कारण खुलेको छैन । प्रहरीले कृष्ण बहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु

यसैगरी मोरङको उर्लाबारी नगरपालिका ४ खुर्सानी बारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया पवित्रा बास्तोला छिन् ।

आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनबाट हिजो साँझ सवा ६ बजे उनलाई करेन्ट लागेको थियो ।

उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस