त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्रीविरुद्ध विद्यार्थीको विरोध प्रदर्शन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ७, बिहिबार (१ दिन अघि)
  • ५५ पटक पढिएको
त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्रीविरुद्ध विद्यार्थीको विरोध प्रदर्शन

काठमाडौँ , ०७ साउन। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विरुद्ध त्रिविका विद्यार्थीले प्रदर्शन गरेका छन् । बिहीबार त्रिविको ६७ औँ वार्षिक दिवसको अवसरमा त्रिवि पुगेका मन्त्री पोखरेल विरुद्ध स्वतन्त्र विद्यार्थी  युनियन (स्ववियु)का विद्यार्थीले नाराबाजी समेत गरेका छन् ।

‘वार्षिक कार्यक्रममा जान विद्यार्थीलाई रोक लगाएर पक्राउ गरिएको छ । सिनेट बैठक आह्वान गर्न मन्त्रीज्यूलाई आग्रह गर्न विद्यार्थीले भेट्न खोज्नु भएको थियो,’ स्ववियु अध्यक्ष दिपक जोशीले भने ।

उनका अनुसार स्ववियु सचिव हिक्मत बुढा लगायतमा विद्यार्थी पक्राउ परेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस