दाईको हत्या गरि फरार भाई पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १३, सोमबार (१ साल अघि)
  • १२९ पटक पढिएको
Post Thumbnail

सर्लाही, १२ श्रावन। घरायसी विवादका क्रममा आफ्नै दाईको हत्या गरि फरार भएका एक युवक भारततर्फ भाग्ने क्रममा प्रहरीले सीमाबाट पक्राउ गरेको छ।

सिराहाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका २५ वर्षीय श्यामकुमार सदाले ३५ वर्षीय दाजु मोतीराम सदाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। घटना गत बिहीबार साँझको हो। प्रहरीका अनुसार मदिरा सेवन गरेका श्यामकुमार घर आएर श्रीमती कौशिला सदालाई कुटपिट गर्न थालेका थिए।

त्यसबेला रोकेका दाजु मोतीराममाथि उनले छातीमा धारिलो हतियारले प्रहार गरेका थिए। गम्भीर घाइते मोतीरामलाई छिमेकीले तत्कालै लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याए पनि उपचारको क्रममा उनको मृत्यु भयो। हत्या गरेपछि फरार रहेका श्यामकुमारलाई प्रहरीको टोलीले औरही गाउँपालिका–३, जमुवा नहर नजिकै भारततर्फ भाग्ने क्रममा समातेको हो। सो स्थान भारत–नेपाल सीमा नजिक करिब तीन किलोमिटर भित्र पर्छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार श्यामकुमारलाई पक्राउ गरी पाँच दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय गोलबजारमा राखी अनुसन्धान भइरहेको छ। प्रहरीले घटनामा प्रयोग भएको हतियार समेत बरामद गरेको जनाएको छ। प्रारम्भिक बयानमा आरोपी श्यामकुमारले अपराध स्वीकार गरिसकेको प्रहरीको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस