प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको र अहिलेसम्म कोही पनि पक्राउ परिनसकेको प्रहरीले जनाएको छ ।

काठमाडौँ , ०४ साउन। काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् ।
नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् ।.
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।
पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको र अहिलेसम्म कोही पनि पक्राउ परिनसकेको प्रहरीले जनाएको छ ।