नीति मन्थन पुनः सुरु गर्दै रास्वपा, विपद् व्यवस्थापनमा छलफल तय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २५, शुक्रबार (१ घण्टा अघि)
  • ३८ पटक पढिएको
नीति मन्थन पुनः सुरु गर्दै रास्वपा, विपद् व्यवस्थापनमा छलफल तय

काठमाडौँ, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नीति मन्थन’ कार्यालय पुन: सुरु गर्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशन र वैशाख २० गते बसेको केन्द्रीय सचिवालयको बैठकमा भएको छलफलको आधारमा कार्यक्रम पुन: सुरु गर्न लागिएको हो ।

रास्वपाका अनुसार यही वैशाख २७ गते, अपराह्न ३ बजेदेखि ६ सम्म, काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा नीति मन्थन कार्यक्रम राखिएको छ ।

यसपटकको कार्यक्रम ‘विपद जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा हुने रास्वपाले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस