
काठमाडौ, १५ जेठ। सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए ।
त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।
