नेविसंघद्वारा प्रधानमन्त्री शाहविरुद्ध सडक प्रदर्शन, राजीनामाको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २२, शुक्रबार (९ घण्टा अघि)
  • ३३ पटक पढिएको
नेविसंघद्वारा प्रधानमन्त्री शाहविरुद्ध सडक प्रदर्शन, राजीनामाको माग

वीरगञ्ज, २२ जेठ। सङ्घीय संसद्मा सीमा विवादको विषयलाई लिएर दिएको अभिव्यक्तिको कडा विरोध गर्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिको निन्दा गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शनमा विद्यार्थीहरूले सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सीमा जस्तो गम्भीर राष्ट्रिय मुद्दामा सरकार प्रमुखबाटै आएको यस्तो हल्का भनाइले आम नेपाली नागरिकको भावनामा चोट पुगेको प्रदर्शनकारी विद्यार्थीहरूको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस