परराष्ट्रमन्त्रीको ब्रिफिङका बेला अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सञ्चारकर्मी प्रवेश निषेध

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २३, मंगलबार (१० घण्टा अघि)
  • ३५ पटक पढिएको
परराष्ट्रमन्त्रीको ब्रिफिङका बेला अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सञ्चारकर्मी प्रवेश निषेध

काठमाडौं, २३ असार। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश निषेध गरिएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ब्रिफिङ गर्ने कार्यसूची रहे पनि ‘संवेदनशील विषय’ भएको भन्दै मिडियालाई रोक लगाइएको हो।

बैठकमा परराष्ट्रमन्त्री खनालले आफ्ना हालैका छिमेकी मुलुकहरू भारत र चीन भ्रमणका साथै समसामयिक कूटनीतिक विषयहरूमा समितिका सदस्यहरूलाई जानकारी गराएका छन्। ती भ्रमणका उपलब्धि र नेपालको परराष्ट्र नीतिका विविध आयामबारे उनले समितिलाई अवगत गराएको बताइएको छ।

गम्भीर तथा कूटनीतिक विषयमा खुला छलफल गर्नुपर्ने कारण देखाउँदै समितिले सञ्चारमाध्यमलाई रिपोर्टिङका लागि बैठक कक्षमा प्रवेश अनुमति नदिएको हो।

उक्त छलफलमा परराष्ट्रमन्त्री खनालका साथै परराष्ट्र मन्त्रालयका सचिवको समेत उपस्थिति रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस