पाराग्वेसँग पराजित टर्कीए बाहिरियो, अमेरिका समूह विजेता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ६, शनिबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
पाराग्वेसँग पराजित टर्कीए बाहिरियो, अमेरिका समूह विजेता

काठमाडौं, ०६ असार। लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।

यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह ‘डी’ काे  विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ ।

सबै टोलीले एकएक खेल्न बाँकी छ । हेड टु हेडका आधारमा अगाडि हुँदा अमेरिका समूह विजेता बन्ने निश्चित भएको हो ।

टर्कीमाथि १–० को जित निकाल्दा पाराग्वेका माटियास गालार्जाले निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमा गरेको गोल नै पाराग्वेका लागि पर्याप्त भयो ।

पहिलो हाफको इन्जुरी समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भयो । त्यसपछि टर्कीले लगातार दबाबमा राखेपनि गोल गर्न सकेन । खेलमा टर्कीले ७९ प्रतिशत बल पाेजिसन राख्याे । २० बढि सर्ट प्रहार गर्‍याे । तर, गाेलमा परिणत हुन सकेन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस