पार्टी परिवर्तनपछि गाउँपालिका अध्यक्षसहित ३ जनप्रतिनिधि पदमुक्त

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ९, मंगलबार (१ घण्टा अघि)
  • २५ पटक पढिएको
पार्टी परिवर्तनपछि गाउँपालिका अध्यक्षसहित ३ जनप्रतिनिधि पदमुक्त

काठमाडौं, ०९ असार। स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका तीनजना जनप्रतिनिधि पदमुक्त भएका छन् । निर्वाचन आयोगले एक सूचना जारी गर्दै उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको जानकारी दिएको हो ।

पदमुक्त हुनेहरूमा जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल छन् ।

उनीहरू तीनैजना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

राजनीतिक दल सम्बन्धी ऐनबमोजिम नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सिफारिसको आधारमा उनीहरूको पद रिक्त भएको हो ।
नेपाली कांग्रेसले आफ्ना तर्फबाट निर्वाचित यी प्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भन्दै कारबाहीका लागि आयोगमा पत्राचार गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस