पालुङटारमा अटो दुर्घटना चार जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २८, आईतबार (१ घण्टा अघि)
  • ४२ पटक पढिएको
पालुङटारमा अटो दुर्घटना चार जना घाइते

गोरखा, २८ भदौ। गोरखाको पालुङटार नगरपालिका–४ छापथोकस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

आइतबार बिहान करिब साढे ९ बजे बडडाँडाबाट ठाँटीपोखरीतर्फ जादै गरेको ग प्र ०३-००१ ह ०२१० नम्बरको अटो सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा पालुङटार नगरपालिका–४ की ४८ वर्षीया पर्मिला जिसी, ४५ वर्षीया गीता श्रेष्ठ र २० वर्षीया प्रगती श्रेष्ठ र पालुङटार–५ की ३१ वर्षीया मेनुका गिरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चारै जनाको अवस्था मध्यम रहेको डीएसपी राजकुमार श्रेष्ठले बताए ।

उनका अनुसार घाइतेहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि आँपपिपल अस्पताल हर्मी पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटो चालक पालुङटार–४ का ३३ वर्षीय सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस