प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण स्वीकार्य छैन : एमाले

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (१ घण्टा अघि)
  • २५ पटक पढिएको
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण स्वीकार्य छैन : एमाले

काठमाडौं, २७ जेठ। नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालको प्रष्टीकरण मान्य नहुने बताएको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताएका हुन् ।

‘जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ । परराष्ट्रमन्त्रीले जवाफ दिएर हुँदैन । किन कि यो उहाँको अभिव्यक्ति नै होइन,’ उनले भने, ‘सदनको संकट प्रधानमन्त्रीकै अभिव्यक्तिको कारण आएको हो । संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष जारी राख्नेछौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस