प्रधानमन्त्रीको आह्वानमा बस्दै मन्त्रिपरिषद् बैठक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (५९ मिनेट अघि)
  • ४३ पटक पढिएको
प्रधानमन्त्रीको आह्वानमा बस्दै मन्त्रिपरिषद् बैठक

काठमाडौं, २६ साउन। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

बैठकमा पछिल्ला विकसित राजनीतिक तथा समसामयिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। साथै, विभिन्न नियुक्तिसहितका विषयमा समेत निर्णय हुन सक्ने जनाइएको छ।

मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयसँगै सरकारका आगामी कार्ययोजनाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस