प्रधानमन्त्रीको ‘एक्लो’ अभिव्यक्तिबारे रवि : उहाँ कवि र कलाकार पनि हो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३, बुधबार (१ घण्टा अघि)
  • ५० पटक पढिएको
प्रधानमन्त्रीको ‘एक्लो’ अभिव्यक्तिबारे रवि : उहाँ कवि र कलाकार पनि हो

काठमाडौं, ०३ भदौ। रास्वपा सभापति रवि लामिछानेले आफूसँग प्रधानमन्त्री बालेन शाहको सम्बन्धमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले बेला बेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिक हुन पाएको बताए ।

‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन,’ उनले भनेका छन् ।

उनलाई सञ्चारकर्मीले केही समय अघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लो’ भएको भन्दै दिएको अभिव्यक्तिबारे प्रश्न गरेका थिए ।

सो प्रश्नको जवाफका क्रममा सभापति लामिछानेले भने, ‘प्रधानमन्त्रीले लेख्नुभएको विषय, उहाँ त एउटा कवि पनि हो । उहाँ एउटा कलाकार पनि हो । आज यत्रो भिडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ र ? हरेक शब्दका अर्थ खोज्न थालियो भने त्यसको राजनीतिक अर्थ भन्ने हुँदैन । त्यसमा कुनै चिन्ता छैन ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस