प्रधानमन्त्री बालेन शाह गणतन्त्र दिवस समारोहमा सहभागी हुने, सम्बोधन नगर्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (१ हप्ता अघि)
  • ५६ पटक पढिएको
प्रधानमन्त्री बालेन शाह गणतन्त्र दिवस समारोहमा सहभागी हुने, सम्बोधन नगर्ने

काठमाडौ, १५ जेठ। गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी समारोहमा सहभागी हुने भए पनि सम्बोधन भने गर्ने छैनन् ।

गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले शीतल निवासमा पत्र पठाएका थिए । सोही अनुरोधअनुसार यस वर्षको समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि भने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले नै सम्बोधन गर्ने अभ्यास रहँदै आएको थियो ।

प्रधानमन्त्री शाहले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्दै पत्राचार गरेका हुन् ।

निर्वाचित भएपछि प्रधानमन्त्री शाहले देशवासीका नाममा औपचारिक सम्बोधन पनि गरेका छैनन् । प्रमुख प्रतिपक्षसहित विभिन्न दलका शीर्ष नेताहरूले सार्वजनिक रूपमा धारणा राखिसके पनि प्रधानमन्त्री शाह भने हालसम्म कुनै औपचारिक सम्बोधनमा देखिएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस