
काठमाडौं, २८ भदौ। प्रधानसेनापति अशोकराज सिग्देल आज आइतबार चीन भ्रमणमा जाँदैछन् । प्रधानसेनापति नियुक्त भएपछि उनी पहिलोपटक चीन भ्रमणमा जान लागेका हुन् ।
सिग्देल आइतबार बिहान ११ बजे एयर चाइनाको जहाजमार्फत चीनको छेन्दु प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
यसअघि गत वर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा हुने सैनिक कार्यक्रमका लागि उनको चीन भ्रमण स्वीकृत भएको थियो । तर, त्यही समयमा नेपालमा जेनजी आन्दोलन चर्किएपछि उनको चीन भ्रमण स्थगित भएको थियो ।
प्रधानसेनापति सिग्देलको यसपटकको चीन भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक रूपमा जानकारी सार्वजनिक गरेका छैनन्।
