प्रस्तावित प्रधानन्यायाधीश शर्मा सुनुवाइ एक दिन सार्न नेपाल कम्युनिस्ट पार्टीको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ५, मंगलबार (२० घण्टा अघि)
  • ३४ पटक पढिएको
प्रस्तावित प्रधानन्यायाधीश शर्मा सुनुवाइ एक दिन सार्न नेपाल कम्युनिस्ट पार्टीको माग

काठमाडौं, ०५ जेठ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन् ।

संसदीय सुनुवाइ समितिको आजको बैठकमा शर्माउपर परेका उजुरी र उनका कार्ययोजना अध्ययन गर्न समय माग्दै पुनले सुनवाइ एक दिन पछि सार्न उपयुक्त हुने धारणा राखेका हुन् ।

शर्माको सुनुवाइ आजै गर्ने तयारी अनुसार समितिको बैठक बसिरहेको छ । अहिले शर्माउपर परेका १६ वटा उजुरी र उनका कार्ययोजना सदस्यहरुलाई वितरण गरिएको छ ।

त्यसमा धारणा सांसद पुनले भने, ‘आज मज्जाले अध्ययन गरौं । भोलि बिहानबाट सुनुवाइ गरौं । पास गर्न बहुमत भए पुग्छ । यसकारण समस्या हुँदैन । पर्फेक्ट प्रक्रिया पुगेको देखियोस् ।’

उनले के निर्णय हुन्छ भन्ने थाहा भइसकेको भन्दै त्यसको प्रक्रिया पूरा गर्दा राम्रो हुने धारणा राखे ।

संसदमा प्रिबजेट छलफल चलिरहेकाले त्यहाँ पनि जानुपर्ने भएकाले भोलि सुनुवाइ गर्न पुनले माग गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस