बाँकेमा सशस्त्र प्रहरीका हवल्दार आफ्नै कोठामा मृत अवस्थामा फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १३, बुधबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
बाँकेमा सशस्त्र प्रहरीका हवल्दार आफ्नै कोठामा मृत अवस्थामा फेला

काठमाडौँ, १३ साउन। बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन् ।

कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत भेटिएका हुन् ।

उनी आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस