बागमतीमा हानेपाका बज्रचार्यले पाए भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १९, मंगलबार (२ महिना अघि)
  • १०७ पटक पढिएको
बागमतीमा हानेपाका बज्रचार्यले पाए भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

काठमाडौं, १९ साउन। हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा नयाँ सरकार गठनको तयारी भइरहेको बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हानेपालाई सरकारमा सामेल गराएका हुन् ।

यसअघि भौतिक पूर्वाधारमन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएकी छन्। मुख्यमन्त्री बानियाँकै निर्देशनमा पौडेललाई राजीनामा गराएर हानेपालाई मन्त्री पद दिएर सरकारमा भित्र्याइएको हो ।

हानेपा कांग्रेस नेतृत्वको सरकारमा सामेल भएसँगै एमाले र नेकपालाई अर्को चुनौती आइपरेको छ । एमाले र नेकपाको गठबन्धनलाई राप्रपाले समर्थन नगरे हानेपासँग गठबन्धन गर्ने तयारी गरेका थिए । प्रदेशसभामा हानेपाका २ सांसद छन् ।

हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाको गठबन्धनमा बागमतीमा एमालेको सरकार बनाउने सहमति छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस