बागलुङ, गुल्मी र प्युठानमा हावाहुरीले क्षति, सांसदको सरकारलाई ध्यानाकर्षण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १२, मंगलबार (९ घण्टा अघि)
  • ३१ पटक पढिएको
बागलुङ, गुल्मी र प्युठानमा हावाहुरीले क्षति, सांसदको सरकारलाई ध्यानाकर्षण

काठमाडौ, १२ जेठ। हावाहुरीले बागलुङ, गुल्मी र प्युठानमा ठूलो क्षति पुर्‍याएको छ । आजको प्रतिनिधि सभा बैठकमा सो क्षेत्रका सांसदहरुले पीडितहरुलाई राहत तथा उचित बासको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका क्षेत्रमा हावाहुरी र असिनापानीसहितको दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । फलफूल तथा मकै लगायत कृषि बालीसमेत नष्ट भएको छ । विद्यालयको छाना उडेकाले पढाइ प्रभावित भएको छ भने बिजुलीका पोल ढलेर विद्युत सेवा अवरुद्ध भएको छ ।

यसैबीच, बागलुङ, गुल्मी र प्युठानमा हावाहुरीले पुर्‍याएको क्षतिबारे आजको प्रतिनिधिसभा बैठकमा पनि विषय उठेको छ ।

बैठकको सुरुमै विशेष समय लिएर बोल्दै रास्वपा सांसदहरु सोम शर्मा, सुशान्त वैदिक र गोविन्द पन्थी तथा नेकपा सांसद बलावती शर्माले हावाहुरीले पुर्‍याएको क्षतिबारे जानकारी गराउँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा बसोबास व्यवस्थापन मिलाउन सरकारसँग आग्रह गरे ।

गुल्मीका सांसद पन्थीले गुल्मीका मालिका, नेटा, घमिरलगायत क्षेत्रमा करिब १५० घरको छाना उडेको, खाद्यान्न नष्ट भएको र बालीनालीमा क्षति पुगेको जानकारी गराउँदै प्रभावित नागरिकका लागि राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस