बेलायतमा दुई ट्रेन ठोक्किँदा चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ६, शनिबार (१ घण्टा अघि)
  • २८ पटक पढिएको
बेलायतमा दुई ट्रेन ठोक्किँदा चालकको मृत्यु

काठमाडौं, ०६ असार। बेलायतको बेडफोर्ड निजकै ईस्ट मिडल्यान्ड्स रेलवेका दुई ट्रेन ठोक्किँएका छन् ।

कार्बीबाट लन्डन सेन्ट पेनक्रसका लागि छुटेको र नाटिंघमबाट लन्डन सेन्ट पेनक्रस आउँदै गरेको ट्रेन एकआपसमा ठोक्किएका हुन् ।

स्थानीय समयअनुसार ब्रिटिश ट्रान्सपोर्ट पुलिसलाई शुक्रबार बेलुकी ५ः१५ बजे दुर्घटनाको सूचना आएको थियो ।

नेशनल युनियन अफ रेल, मेरीटाइम एन्ड ट्रान्सपोर्ट वर्कर्सले दुर्घटनाको पुष्टि गर्दै एक ट्रेन चालकको मृत्यु भएको जनाएको छ ।

स्थानीय एम्बुलेंस सेवाका अनुसार दुर्घटनामा ११ जना गम्भीर रूपमा घाइते भएका छन् । अन्य २२ जनालाई पनि गम्भीर चोट लागेको र ५६ जना सामान्य घाइते भएका बीबीसीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस